2024-05-11

नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा

काठमाडौँ — नेपाल मोबिलिटी सोलुन्सन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ । ग्राहकको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताका रूपमा जुमजुम राइड ल्याइएको कम्पनीले जनाएको छ ।

नेपाली कम्पनी, फस्ट सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मीद्वारा विकसित एप जुमजुमले नेपालको यातायात

क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुका साथै यात्रुहरूको आवश्यकताबमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखिएको कम्पनीले जनाएको छ । प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुका साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीसाथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । जुमजुमले ड्राइभरहरूका लागि प्रमाणीकरण प्रक्रिया र एपभित्र सुरक्षा उपायहरूका साथै यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।